चितवन । माडी क्षेत्रको सर्बत्र बिकासको लागि खेलकुदका माध्यमबाट बिश्वसामु पहिचान गराउने उदेश्यका साथ आज माडी क्याम्पसको सभाहलमा बसन्तपुर युनाइटेड क्लबले पत्रकार सम्मेलन गरि आगामी माघको पहिलो सातादेखि सुरु हुने दोश्रो माडी गोल्डकप प्रतियोगिताका बारेमा जानकारी गराएको छ । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा खेल हुन लागेको हो । माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको सो पत्रकार सम्मेलन कार्यक्रममा आगामी माघमा सुचारु हुन लागेको दोश्रो गोल्डकप प्रतियोगिताको तयारी र भाबी कार्ययोजना लगाएतका विषयकमा क्लबका अध्यक्ष
नबिन बस्यालले प्रकाश पारेका थिए । बस्यालका अनुसार, खेलमा ८ टोली सहित माडीको एक टिम समेत सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसैगरी सो कार्यक्रममा प्रमुख आतिथ्यताको रुपमा रहेका नगर प्रमुख ढकालले माडीको बिकासमा खेलकुदका माध्यमबाट खेलाडीहरुले खेलेको भुमिका माथि प्रकाश पार्दै, सबै खेलाडी एकाकार भएर माडीको बिकासमा लाग्नुपर्ने बताए । खेलको माध्यमबाट नै निकट समयमा नै समृद्ध माडी र समुन्नत माडीको बिकास गर्न सकिने बताए । खेलकुदको क्षेत्रको बिकासमा माडी नगरपालिका सकारात्मक रहेको बताए । पत्रकार सम्मेलनमा माडीका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले राखेको प्रश्नमा क्लबका अध्यक्ष नबिन बस्याल र खेलकुद बिकास समिति माडीका अध्यक्ष रामबन्धु पोख्रेलले पत्रकारहरुले राखेको प्रश्नको जवाफमा निकट समयमा नै माडीको सर्बाङ्गिण बिकासको लागि निरन्तर अगाडि बढ्ने बताएका थिए । प्रतियोगितामा विजेता टोलीले २ लाख उपविजेताले १ लाख साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बस्यालको भनाइ छ । सो खेल आगामी माघ ३ गतेदेखि १० गतेसम्म संचालन हुनेछ । भने उक्त खेल माडी ३ स्थित बसन्तपुर बजारको खुल्ला खेल मैदानमा रहनेछ । सो खेलमा चितवन, मकवानपुर, पोखरा, पर्सा, रुपन्देही, तनहुँ ,काठमाण्डौ लगाएतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । सो पत्रकार सम्मेलनमा माडीका पत्रकार एबम सामाजिक ब्यक्तित्व र आयोजक क्लबका पदाधिकारीहरु लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया