चितवन । फिल्मी पाटी मिडियाको प्रस्तुतीमा संचारकर्मी द्वयसागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहने गरी नेपाली वेब सिरिज ‘कलेज लाईफ’ निर्माण हुने भएको छ ।

कलेज जिबनमा आउने उतारचढाब आधारित रही निर्माण हुने सिरिजको आज चितवनमा पत्रकार भेटधाट गरी आधिकारीक निर्माण घोषणा भएको छ ।सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिकारी एलिना बर्देवा,अस्मिता क्षेत्री प्रकाश सिके,निकेश कंडेल लगाएतको मुक्य भूमिका रहने छ ।
सिरिजको छायांकन चितवन र पोखरामा गरिने छ ।करिब १५ दिन जती छायांकन समय तोकिएको यस सिरिजको आभास रानाले निर्देशन गर्दैछ्न भने सह निर्मातामा सुरज पोख्रेल रहेका छन साथै सम्पादन पिक्सेल प्यालेस स्टुडियोमा हुने भएको छ ।

सिरिजलाई इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि केही कलेजमा च्यारेटी गरिने निर्माण युनिटलेजानकारी दिएको छ । प्रत्यक भाग करीब १५ मिनेटको लामो हुने यस सिरिज १२ भाग सम्म निर्माण हुने छ ।

प्रेस मिटमा चलचित्र निर्देशक समाजका उपाध्यक्ष निर्देशक राजु अधिकारी,कालिका जेसिसका अध्यक्ष सन्देश रेग्मी लगाएतले शुभकामना दिनुभएको थियो

 

तपाईको प्रतिक्रिया