इण्डोनेसिया । इण्डोनेसियाकाे जाकार्ताबाट उडेकाे ६२ जना सवार विमान बेपत्ता भएकाे छ भने साे विमान समुन्द्रमा खसेकाे अनुमान गरिएको छ । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही मिनेटमानै सम्पर्कविहीन भएको साे जहाज समुन्द्रमा खसेको अनुमान गरिएको छ ।

श्रीविजया एयरको २६ वर्ष पुरानो यो बोइङ ७३७ जहाज जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । साे विमानमा ६२ जना सवार थिए जसमा ५६ यात्रु थिए भने दुई पाइलट र चार चालक दलका सदस्य पनि रहेका थिए । जसमध्ये ३ शिशु र ७ बालबालिका पनि रहेकाे बताइएको छ ।

फ्लाइट राडर २४ मा देखिएकाे डाटा अनुसार साे विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट भन्दा तल झरेको थियो । यो विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको र प्रत्यक्षदर्शीहरुकाले ठूलो आवाज सुनेका पनि बताएका छन् । ।

त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले भने दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बतनउदै समुन्द्रको एक स्थानमा अवशेषहरु भेटिएको स्वीकार पनि गरेका छन् । ति अधिकारीले समुन्द्रको गहिराई २० देखि २३ मिटर रहेकाले आज रातसम्ममा दुर्घटना स्थल पत्ता लगाइने बताएका छन् ।

तपाईको प्रतिक्रिया