काठमाण्डौ – इन्डोनेशियामा हराएको विमानकाे दुर्घटनास्थल भेटिएकाे छ । इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइ खाेजी गरिए पश्चात् उक्त बिमानकाे दुर्घटनास्थल पत्ता लागेकाे हाे ।
आईतबार बिहानदेखि सुुरु भएको खोजीकार्यका क्रममा विमानकाे दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् । 

श्रीविजया एयरको २६ वर्ष पुरानो यो बोइङ ७३७ जहाज जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । साे विमानमा ६२ जना सवार थिए जसमा ५६ यात्रु थिए भने दुई पाइलट र चार चालक दलका सदस्य पनि रहेका थिए । जसमध्ये ३ शिशु र ७ बालबालिका पनि रहेकाे बताइएको छ ।

जकार्ताबाट पोन्तिएनाकका लागि उडेको उक्त जहाजकाे खाेजि तथा उद्धार कार्य शनिबार राति स्थगित गरि अभियान आईतबार बिहानदेखि फेरि सुरु भएको हो। 

तपाईको प्रतिक्रिया