चितवन । नेपाली कांग्रेस रत्ननगरले शनिवार बृहत बिरोध प्रदर्शन गर्ने भएको छ । जसलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री महेश आचार्यले सम्बोधन गर्ने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम तथा वर्तमान सरकारले सृजना गरेको भ्रष्टचार र कुशासनका विरुद्धमा -याली सहितको बृहत विरोध प्रदर्शन गरिने नेपाली कांग्रेस रत्ननगरका नगर सभापति रुपनराज घिमीरेले जानकारी दिए ।
घिमीरेले माघ ३ गते शनिवार दिउँसो १२ः३० बजे रत्ननगर–२, टाँडीबाट ¥याली शुरुहुने र रत्ननगर–१, बकुलहरमा रहेको नगर समितिको कार्यालय रहेको भवन अगाडी बिरोध सभा हुने बताए । उनले उक्त बिरोध प्रदर्शनंमा सम्पुर्ण आम जनसमुदायलाई उपस्थित भई वर्तमान राजनैतिक उपलब्धि एंव व्यवस्था रक्षामा योगदान गर्नुहुन सम्पूर्णमा अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया