इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प जादा ३४ जनाकाे मृत्युु भएकाे छ । साे भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भइसकेकाे र अझै धेरै हराइरहेकाे समाचार एजेन्सी एएफपीले जनाएको छ । निकै ठुलाे साे भूकम्पमा परि एक अस्पताल र कयौँ भवन भत्किएकाे बताइएकाे छ ।

बिहान सबेरै आएको साे भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति पनि घाइते भएकाे बताइएको छ । साढे दुई वर्षअघि पनि साे द्वीपमा यस्तै ठुलाे भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । भुकम्पकाे केन्द्र रहेकाे सुलावेसी द्वीपको मामुजु शरहमा मात्र पनि यस भूकम्पको कारण २६ जनाको मृत्यु भएको त्यहाको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमानले बताएका छन् ।

त्यस्तै मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा पनि भूकम्पको कारण आठ व्यक्तिको मृत्यु भएको छ । दुबैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् । एएफपीका अनुसार मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ । साे अस्पतालको भग्नावशेषमा बिरामी र अपस्पालका कर्मचारी गरी करिब दश जना पुरिएका अनुमान गरिएको छ ।

भूकम्पको कारण विभिन्न ठाउँमा भवन भत्किएको र भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ । तर धनजनको क्षतिलगायतका विस्तृत विवरण भने अझै पनि प्राप्त भएको छैन । यसअघि सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

त्यस्तै सन् २००४ को डिसेम्बर २६ मा गएकोअझ सक्तिसाली ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यस मध्ये एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

तपाईको प्रतिक्रिया