अजित अधिकारी
चितवन । भ्रष्टाचार विरुद्ध अभियान चितवन नेपालको आयोजनामा आज माडीमा जैविक बिबिधता र पर्यावरणिय विषयकमा पुरानो माडी नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भ्रष्टाचार विरुद्ध अभियान चितवनका सचिब नीलकण्ठ ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर उप प्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथिको रूपमा रहेकी थिइन् । भ्रष्टाचार विरुद्ध अभियान चितवनका पदाधिकारीहरुले माडी क्षेत्रमा भएका बिकास निर्माणका कामसंगै जैविक बिबिधताले पारेको प्रभावसंगै यसका असर चुनौती र सम्भावनाका विषयकमा छलफल गरिएको थियो । साथै दिगो बिकास र पारदर्शी बिकास योजनाका बारेमा समेत छलफल भएको थियो ।

सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा क्रमशः उठेको प्रश्नहरुको जिज्ञासा् मेटाउने काम नगर उप प्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले गरेका थिए ।यसैक्रममा महतोले चि.रा.नि. का कारण माडी बासीहरुले भोग्नुपरेका समस्या संगसंगै चुनौती समाधानका विषयकमा समेत प्रकाश पारेकी थिइन् । रिउ करिडोर देखि पुल, बाटोघाटो, लगाएतका विभिन्न बिकास निर्माणका कार्यहरूमा माडी नगरपालिकाले पारदर्शी तवरले बिकास गरेको बताइन् । यसैगरी बिपन्न तथा गरीब परिवारको लागि नगरपालिकाले बिबिध मुलक अभियान सुचारु गरेको बताइन् । चेपाङ्गहरुको बस्ती निर्माण केहि हदसम्म सफल भएपनि, बस्ती निर्माणका क्रममा मुद्दा परेको हुँदा बस्ती निर्माणमा ढिलाई भएको बताइन् । यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले अहिलेसम्म पारदर्शी रुपमा माडीमा बिकास निर्माणका कामहरु हुँदै आएको बताए । नदिजन्य पदार्थको उत्खननमा र यसको संरक्षण र सम्बर्द्धनमा समेत आवाज उठाएको र प्राकृतिक सम्पदाहरुको जगेर्नामा आवाज उठाउदै आएको भएतापनि निकुञ्जका कारण नदि जन्य पदार्थ तथा भुमिजन्य पदार्थहरुको प्रयोगमा असहज सिर्जना भएको बताए । कृषि सरसफाइ बृक्षारोपण तथा बाताबरणको संरक्षण गरि माडीलाई निकट समयमा नै इको नगरपालिकाको रूपमा बिस्तार गर्न लागिएको बताए । सो कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियान चितवनका पदाधिकारीहरु, माडी ९ का वडा अध्यक्ष एबम प्रबक्ता शिबहरी सुबेदी, बसन्तपुर बजार ब्यबस्थापन समितिका अध्यक्ष शशिधर बराल, समाजसेवी भागिरथ बस्याल लगाएतका विभिन्न सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियान चितवनका सचिब नीलकण्ठ ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया