अजित अधिकारी
चितवन । माडी क्षेत्रको सर्बत्र बिकासको लागि स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने उदेश्यका साथ खेलकुदका माध्यमबाट बिश्वसामु पहिचान गराउने उदेश्यका साथ आज शनिबारदेखि दोश्रो माडी गोल्ड कप प्रतियोगिता सुरु हुँदैछ । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा खेल हुन लागेको हो ।

आजदेखि आगामी माघ १० गतेसम्म चल्ने सो खेलको उदघाटन दिउँसो २ बजे माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले गर्ने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले नेपालीको आवाज डटकमसंग बताए ।

उनका अनुसार, आज उदघाटन खेलमा लेखनाथ युनाइटेड क्लब पोखरा र हनामी एभरेष्ट क्लब चितवन बिच पहिलो खेल हुनेछ । आजदेखि सुरु हुनलागेको दोश्रो गोल्ड कप प्रतियोगिताको तयारी र भाबी कार्ययोजना लगाएतका विषयकमा क्लबले केहिदिन अगाडि पत्रकार सम्मेलनद्वारा जानकारी गराएको थियो । प्रतियोगितामा विजेता टोलीले २ लाख उपविजेताले १ लाख साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बस्यालको भनाइ छ । उक्त खेल माडी ३ स्थित बसन्तपुर बजारको खुल्ला खेल मैदानमा रहनेछ । सो खेलमा चितवन, मकवानपुर, पोखरा, पर्सा, रुपन्देही, तनहुँ ,काठमाण्डौ लगाएतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया