चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिको आयोजनामा गरिएको विस्तारित बैठक माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । शनिबार साे संगठनले शिक्षकका हक अधिकार एबम पेशागत सुरक्षा र शिक्षाको क्षेत्रमा हुनुपर्ने सेवा सुबिधा तथा विद्यार्थीहरुको शैक्षिक गुणस्तर बिकासको लागि अबलम्बन गर्नुपर्ने निति नियम र कार्यदिशाका बारेमा शिक्षासंग सम्बन्धित विषयकमा छलफल गरेकाे हो ।

उक्त छलफल कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका बागमती प्रदेश सचिवालय सदस्य पुर्ण पुरी प्रमुख अतिथिको रूपमा रहेका थिए । यसैगरी बिशिष्ट अतिथिको रुपमा NNTA संस्थाका अध्यक्ष दानबहादुर गुरुङ्ग रहेका थिए । खासगरी कार्यक्रममा शिक्षकका हक अधिकार र समस्या, चुनौती लगाएतका बिबिध विषयकमा शिक्षकका समस्याहरु सुनुवाइ हुन सकुन् । भन्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिका अध्यक्ष राम प्रसाद भण्डारीले नेपाली आवाज डटकमसंग जानकारी दिए । यसैगरी माडीको शैक्षिक बिकासमा माडीमा रहेर महत्वपुर्ण योगदान पुर्याएका बरुवाका श्रोत केन्द्रका पुर्व श्रोत व्यक्ति टंक प्रसाद न्यौपानेलाई दोसल्ला ओढाएर समेत कार्यक्रममा सम्मानित गरिएको थियो । सो कार्यक्रममा माडीका विभिन्न शिक्षण संस्थामा कार्यरत शिक्षकहरुको उपस्थिति रहेको थियो । शिक्षक नागेन्द्र झाले संचालन गरेको कार्यक्रम सो समितिका अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया