अजित अधिकारी
चितवन । दोश्रो माडी गोल्ड कपकाे पहिलाे खेलमा लेखनाथ युनाइटेड क्लब पोखरा बिजयी भएकाे छ । माडी क्षेत्रको सर्बत्र बिकासको लागि स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने उदेश्यका साथ खेलकुदका माध्यमबाट बिश्वसामु पहिचान गराउने उदेश्यका साथ आज शनिबारदेखि दोश्रो माडी गोल्ड कप प्रतियोगिता सुरु भएको छ ।

माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा भएको सो खेलको उदघाटन माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले गरेका हुन । उद्घाटनका दिन लेखनाथ युनाइटेड क्लब पोखरा र हनामी एभरेष्ट क्लब चितवन बिच भएको पहिलो खेलमा लेखनाथ युनाइटेड क्लब पोखराले बिजयी सुरुवात गरेको छ ।प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथले हनामी एभरेष्ट क्लब, चितवनलाई २-० गोलअन्तरले पराजित गरेको हो । खेलमा लेखनाथका रुपक लामा र अमित तामाङले १/१ गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच लेखनाथका अमित तामाङ घोषित भएका छन । प्रतियोगिता अन्तरगत भोलि (आइतबार) दिउँसो २ बजे माडी-११ र बीरगंज युथ क्लबबिच प्रतिस्पर्धा हुने खेल तालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता टोलीले २ लाख उपबिजेताले १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले नेपाली आवाज डटकमसंग बताए । सो खेलमा चितवन, मकवानपुर, पोखरा, पर्सा, काठमाडौं, तनहुँ लगाएतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकको भनाइ छ । उक्त खेल आजदेखि आगामी माघ १० गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया