अजित अधिकारी
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात् नेपालभर सर्बत्र आलोचना भइरहेका बेला माडीमा संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस नगर समिति माडीले समेत आज बिरोध प्रदर्शन गरेको छ । उक्त बिरोध र्याली बसन्तपुर बजार परिक्रमा गरि सहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो । नेपाली कांग्रेसको आयोजनामा आज देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएको छ । उक्त बिरोध प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुलाई असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन । साथै उनीहरुले दुई तिहाइको बहुमतको सरकार हुँदा पनि जनताको काम गर्न नसकेको आरोप लगाए । देश र जनताको पक्षमा रहेर कुनै पनि काम गर्न नसकेको र आफ्नो घरको झगडा मिलाउन नसक्ने अहिलेको बर्तमान सरकारलाई हुतिहारा सरकारको संज्ञा दिएका थिए । बिरोध प्रदर्शनमा नेपाली कांग्रेसका दर्जनौ नेता तथा कार्यकर्ताहरु उत्रिएका थिए । नेपाली कांग्रेस माडी नगर सभापति कोमलनाथ भुषालको अध्यक्षतामा भएको सो बिरोध कार्यक्रममा काँग्रेस चितवनका उपसभापति कैलाश कोइराला प्रमुख अतिथिको रुपमा रहेका थिए । यसैगरी कांग्रेस नेताहरुमा छबिलाल भट्टराई, सबिता बराल, हरि प्रसाद पौडेल, र शिबमाया भट्टराई लगाएतका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया