
महेश पाण्डे
चितवन । सौराहाचोकको साहारा सुपर मार्केट अब अम्ब्रेला स्ट्रिट पनि बनेको छ । पछिल्लो समय युवा युवतीमाझमा आकर्षणको केन्द्रबिन्दु बनेको अम्ब्रेला स्ट्रिटको अवधारणा रत्ननगर–१, सौराहाचोकमा गत कार्तिक २६ गतेबाट मात्र सञ्चालनमा आएको साहारा सुपर मार्केटमा पनि पनि ल्याएर काम गरिएको छ ।
सो सुपर मार्केटका सञ्चालक रहेका ईश्वर घिमीरेले समयको माग र उक्त ठाउँको रौनकतालाई अझ बृद्धि गर्न सुपर मार्केट भरिनै रङ्गिन छाताहरुको प्रयोग गरि अम्ब्रेला स्ट्रिट बनाइएको नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले नेपालमानै पहिलो पटक पश्चिम चितवनमा सुरु भएको अम्ब्रेला स्ट्रिटको अवधारणा पूर्वी चिनवनको साहारा सुपर मार्केटमा ल्याएसंगै अब पूर्वी चितवन वासीलाई अम्ब्रेला स्ट्रिट हेर्न अन्त जान नपर्ने बताए ।
घिमीरेले परिवारलाई चाहीने सामानको किनमेलपनि हुने र रमाईलो पनि हुने भएपछि सबैको आकर्षणको केन्द्रबिन्दु साहारा सुपर मार्केट हुनेमा आफु बिश्वस्त रहेको बताए ।
साहारा सुपरमार्केटका अर्का सञ्चालक बरुण वावु घिमीरेले पूर्वी चितवनमा ब्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि ठाँउको अभाव भएको देखेपछि र ग्राहकवर्गहरु बिभिन्न सामान किन्नका लागि धेरै ठाउँ हिडिरहने बाध्यता देखेर आफुहरुले सुपर मार्केटको परिकल्पना गरि साहारा सुपर मार्केटको निर्माण गरेको बताए । उनले हाल सुपर मार्केट भित्र ५० वटा भन्दा वढि ब्यवसायीक प्रयोजनका लागि सटरहरु निर्माण भएको बताउदै फेन्सी, ईलेक्ट्रोनिक्स, मोबाईल, कस्मेटिक, बेकरी, बेवि कलेक्सन लगाएतका सामानहरु सरल र सहज ढंगबाट प्राप्त गर्न सकिने जानकारी पनि दिए ।
सो सुपर मार्केटमा फोटो तथा भिडियो वेडिङ्ग हाउस सञ्चालन गरेका सुजन खनालले पनि अम्ब्रेला स्ट्रिटको ब्यवस्था भएसंगै सर्वसाधरणको उपस्थिती बृद्धि हुन थालेको बताए । उनले हरेक घरमा केहि न केहि सामान आवश्यक हुने हुदा कहा जाने भनेर सोच्नेहरुलाई अम्ब्रेला स्ट्रिट बनेसंगै रमाईलो पनि हुने र किनमेल पनि हुने भएपछि सो सुपर मार्केटमा चहलपहल बढेको बताए । खनालले आजकल युवायुवतीहरु टिकटक, फोटो सुटका लागि अम्ब्रेला स्ट्रिट भन्दै टाँढा टाँढा जाने गरेकोमा अब भने साहारा सुपर मार्केटमा आएर रमाउन आग्रह पनि गरे ।