अजित अधिकारी
चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज आइतबार भएको दोश्रो खेलमा माडी – ११ बिजयी भएको छ । बीरगंज युथ क्लबलाई माडी – ११ ले ५ – १ गोल अन्तरले पछाडी पारेको हो । बीरगंजका आदित्य शाक्यले १ गोल गर्दा, माडी – ११ का रितेश क्षेत्रीले निर्धारित समयमा नै एक्लै ५ गोल गर्न सफल भएका थिए । आज भएको उक्त खेलमा माडी – ११ का रितेश क्षेत्री म्यान अफ द म्याच घोषित भएका छन । प्रतियोगिता अन्तरगत भोलि (सोमबार ) दिउँसो २ बजे अल स्टार क्लब तनहुँ र सेन्ट्रल कलेज बि एफ सि भरतपुर बिच प्रतिस्पर्धा हुने खेल तालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता टोलीले २ लाख उपबिजेताले १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले नेपाली आवाज डटकमसंग बताए । सो खेलमा चितवन, मकवानपुर, पोखरा, पर्सा, काठमाडौं, तनहुँ लगाएतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकको भनाइ छ । सो खेल आगामी माघ १० गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया