अजित अधिकारी
चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज सोमबार भएको तेश्रो खेलमा सेन्ट्रल कलेज बि. एफ. सि. भरतपुर बिजयी भएको छ । अल स्टार क्लब तनहुँलाई सेन्ट्रल कलेज बि.एफ.सि. ले ३ – १ गोल अन्तरले पछाडी पारेको हो । खेलमा सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुरका अमृत श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन । प्रतियोगिता अन्तरगत भोलि (मंगलबार) दिउँसो २ बजे काठमाडौं – ११ र एफ.सि. मुन्डियाल बिच प्रतिस्पर्धा हुने खेल तालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा बिजेता टोलीले २ लाख उपबिजेताले १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले नेपाली आवाज डटकमसंग बताए । सो खेलमा चितवन, मकवानपुर, पोखरा, पर्सा, काठमाडौं, तनहुँ लगाएतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकको भनाइ छ । सो खेल आगामी माघ १० गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया