प्रदेश १ । संसद बैठकमा जे पनि हुन सक्ने भन्दै कुर्सीमा फलामकाे पाता जाेडेर वाेल्डिङ गरिएको छ । बुधवारदेखि सुरु हुने प्रदेश १ को प्रदेशसभा बैठकलाई मध्यनजर गर्दै यसाे गरिएको हाे।
अब हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावका विषयमा छलफल गरिने भएपछि छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै प्रदेशसभा सचिवालयले विशेष तयारी गरेको हो। सचिवालयका कर्मचारी सदन चल्दा पहिलेका उदाहरण हेर्दा जे पनि हुन सक्ने भएकाले कुर्सीलाई फलामकाे पाता हाली एक अर्कासंग मिलाएर वाेल्डिङ गरिएको हाे । अहिले प्रदेश १ काे संसंद सचिवालयले बैठककाे तयारी स्वरुप सांसद बस्ने कुर्सी फेर्नेदेखि कुर्सीका खुट्टालाई एकअर्कामा जोडेर फलामको पाता हालेर वाेल्डिङ गरेर कुर्सी उचाल्न र हल्लाउन नसक्ने बनाइएको छ। जबकि यसअघिका कुर्सी सार्न र उठाउन मिल्ने थिए।
हालका दिनमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि एकले अर्को समूहका सांसदलाई कारबाही र निलम्बन गर्ने लहरनै चलेको छ। अविश्वासको प्रस्ताव दर्तासंगै सांसद निलम्बन गर्दै प्रदेशसभामा उपस्थित नै नहुने र छेक्नेसम्मका योजना बन्न थालेको पाइएपछि तयारी मजबुत पारिएको सचिवालयकाे भनाइ छ ।