चितवन । पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक एक आपसमा ठाेक्किदा बस चालककाे मृत्यु भएकाे छ भने अन्य घाइते भएका छन् । गए राति ११ बजेको समयमा राप्ती न.पा. ५ स्यार्से कालिका पेट्रोल पम्प नजिक काठमाण्डौबाट कांकडभिट्टा तर्फ गइ रहेको ना७ख २१११ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना६ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठाेक्किएका थिए ।

साे दुर्घटनामा बस चालक खोटाङ घर भएका बर्ष ४५ का चन्द्र बहादुर श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ लैजादै गर्दा ११:५० काे समयमा बाटोमा नै मृत्यु भएको प्रहरी जनाएको छ । त्यस्तै साेही दुर्घटनामा परि घाइते हुनेहरुमा बसका सह-चालक रौतहट चपुर ४ बस्ने बर्ष ४९ को बिनोद शर्मा संग्रौला (उनकाे हात खुट्टामा चोट लागेकाे), ट्रकका सह-चालक बारा जितपुर सिमरा उ.म.न.पा. १९ बस्ने बर्ष २३ का सुनिल कुमार शाह (उनकाे दाहिने खुट्टा र टाउकोमा चोट लागकाे) लगाएका रहेकाे प्रहरीको भनाई छ ।
ट्रकका चालक बारा जितपुर उ.म.न.पा. १९ बस्ने बर्ष ३८ का लालु प्रसाद यादव भने ईप्रका भण्डाराको नियन्त्रणमा रहेका छन् । अन्य यात्रु भने सुरक्षित रहेकाे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया