अजित अधिकारी
चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा मंगलबार भएको चौथो खेलमा काठमाडौं – ११ बिजयी भएको छ । एफ.सि. मुन्डियाल हेटौडालाई टाइब्रेकरमा ५ – ३ गोल अन्तरले काठमाडौं – ११ ले बिजयी स्थान ओगट्न सफल भएको हो ।

खेलमा काठमाडौं – ११ का आकाश रानाभाट म्यान अफ द म्याच घोषित भएका छन । प्रतियोगिता अन्तरगत आज बुधबार दिउँसो २ बजे माडी – ११ र सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुर बिच प्रहिलो खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिजेता टोलीले २ लाख उपबिजेताले १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबिन बस्यालले नेपाली आवाज डटकमसंग बताए । सो खेलमा चितवन, मकवानपुर, पोखरा, पर्सा, काठमाडौं, तनहुँ लगाएतका विभिन्न क्षेत्रका खेलाडीहरुको सहभागीता रहने आयोजकको भनाइ छ । सो खेल आगामी माघ १० गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया