अजित अधिकारी
चितवन । खैरहनी माध्यमिक विद्यालयका बि.ब्य.स. का अध्यक्ष कोमलनाथ भुसालको अध्यक्षतामा बिद्यालयमा अध्यनरत १ देखि १० सम्मका विद्यार्थीहरुलाई आज विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ ।

माडी ४ की कार्यबाहक वडा अध्यक्ष कला चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झन्डै विद्यालयमा अध्यनरत ५०० जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक एबम सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । सो विद्यालयका शिक्षक कुलानन्द भुसालले सहजीकरण गरेको कार्यक्रम बि.ब्य.स. का अध्यक्ष कोमलनाथ भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया