काठमाडौं । भारतले नेपाललाई अनुदानमा रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेकाे छ ।

आज (बिहिवार) एयर इन्डियाको विमानबाट साे कोभिसिल्ड नाम गरेकाृ खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

बुधबार भारतले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेसंगै अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएकाे हो ।
नेपाल आएको साे खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यस लगत्तै स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पुर्‍याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भण्डारन गरिएको ती खाेपलाई तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा काेराेनाकाे राेकथामका लागि फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया