चितवन । संसद विघटन विरुद्ध रत्ननगरका सबै वडामा कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले माघ ८ गते बिहिवार ६,७४३ वटानै वडाहरुमा बिरोध प्रदर्शन गर्ने केन्द्रिय कमिटीको निर्णय बमोजिम रत्ननगरका १६ वटा वडामानै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । सो बिरोध प्रदर्शनमा रत्ननगरका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशिल कार्यकर्ता तथा आम जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेसले पुष १३ गते १६५ वटा निर्वाचन क्षेत्रमा, पुष २५ गते ३३० वटा प्रदेश शभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ वटानै पालीकाहरुलमा बिरोध प्रदर्शन गरेसंगै आज (बिहिवार) वडा स्तरिय बृहत बिरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमीरेले जानकारी दिए । घिमीरेले केपी ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्ध ऐक्यवद्धता प्रकटगर्न घरघरबाट सहभागिता जनाएर प्रदर्शनलाई प्रभावकारी वनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गरे ।

सो बिरोध प्रदर्शनमा बोल्ने अधिकांश वक्ताहरुले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना बिपरित कार्य तथा ओली सरकारको रवैया गलत भएको र सरकार असफल पनि भएको भन्दै घोर भत्र्सना गरेका थिए ।









तपाईको प्रतिक्रिया