अजित अधिकारी
चितवन । माडीमा एक महिनादेखि सुख्खा पहिरोले गर्दा खोला थुनिएर बनेको ताल खोलिएकाे छ । माडी ७ स्थित परुई खोलाको सिरानमा पौषको १ गते राति गएको भिषण सुख्खा पहिरोले खोला थुनिएर बनेको ताल आज (बिहीबार) देखि उच्च सतर्कताका साथ खोलिएको छ । पहिरो त्यसबेला झन्डै ५०० मिटरको क्षेत्रफलमा १० मिटर हाइटमा पहिरो खसेको प्रारम्भिक अनुमान गरिएको थियो ।

उक्त पहिरो गएको क्षेत्र नजिकै रहेको खोला थुनिएर बनेको ताल ३० मिटर जति एक हातको फराकिलोमा खोलिएको छ । पानी बिस्तारै बहेर पानीले आँफै निकासको बाताबरण सिर्जना गर्ने र मानबिय क्षेति भने नगर्ने देखिन्छ । किनकी सो पानी बिस्तारै खोलामा झर्ने र खोलाको आकारमा पानीको सतह परिणत हुने मानब बस्तीमा जोखिम नहुने प्रारम्भिक अनुमान रहेको छ । यसैगरी अहिले पानीलाई खोलेर निकासको बाताबरण सिर्जना गर्ने र पछि तालको रूपमा पनि संरक्षण गर्न सकिने अबधारणा रहेको छ ।

सो तालको निकासको लागि बगही गुल्मका गुल्मपति सेनानी गोबिन्द बहादुर नेपालीको नेतृत्वमा २० जना यसैगरी बिओपी छरछरेका सशस्त्र प्रहरी निरीक्षक बेल बहादुर बि.क को नेतृत्वमा १५ जना यसैगरी कल्याणपुर बिओपीका – १० जना यसैगरी बिओपी कान्छि बगहीका – २० जना र ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलको नेतृत्वमा ७ जना यसैगरी चि.रा.नि. कार्यालय बगही माडी सेक्टर शान्त बहादुर मगर र माडी नगरपालिकाका बिपद ब्यबस्थापनका श्रोत ब्यक्ति गोबिन्द न्यौपाने लगाएत स्थानीयबासी एबम जनप्रतिनिधि समाजसेबी पत्रकार लगाएतको सहभागीता रहेको थियो । सहभागी स्थानीयबासीहरुको माग भनेको ताललाई अहिले ब्यबस्थित तरिकाले खोल्ने र छिटै नै यसको संरक्षण गर्नुपर्ने र यसलाई निकट समयमा नै तालको रुपमा बिस्तार गर्नुपर्ने उनिहरुको बुझाई छ ।

तपाईको प्रतिक्रिया