अजित अधिकारी
चितवन । माडीमा निर्माणाधीन अबस्थामा रहेका पुल निर्माणको कार्यमा निकुञ्ज प्रशासनले रोक लगाएको छ । निकुञ्ज प्रशासनले पुल निर्माणको कार्यमा रोक लगाएपछि पुल निर्माणको कार्य ओझेलमा परेको हो । पुल निर्माण कार्यको लागि कानुनले निर्देशित गरेको प्रक्रिया भित्र रहेर काम गर्नु गराउनु हरेक नागरिकको कर्तव्य हो । तर चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा निर्माणाधीन केहि पुलहरुको कानुन बमोजिम बाताबरणीय अध्यन प्रतिबेदन पेस गर्न र उक्त क्षेत्रबाट प्रयोग भइरहेका नदिजन्य पदार्थहरुको नियमानुसारको, राजस्व तिर्न पटक पटक निर्माण ब्यबसायी र कम्पनीलाई अनुरोध गर्दै आएको भएतापनि कार्यान्वयन हुन नसकेपछि बाध्य भएर पुल निर्माणको काम अगाडि बढाउन रोक लगाइएको चि.रा.नि. संरक्षण अधिकृत अणनाथ बरालले बताए । उनले आफ्नो फेसबुक स्टाटस मार्फत यस्तो बताएका हुन । बरालका अनुसार, निकुञ्ज कानुन बमोजिम दिगो बिकास गर्ने र गैर कानुनी काम कारबाही गर्नेलाई कानुनी कठघरामा ल्याउने कुरामा प्रतिबद्ध छ । धमिलो पानीमा माछा मार्न खोज्दा, हातको माछो समेत फुत्किन सक्छ । उनले, सबैमा सत्य, तथ्य, र यथार्थता बुझिदिन अनुरोध गरे । अहिले माडीमा निर्माणाधीन अबस्थामा रहेका माडी ठोरी हुलाकी सडक रुट अन्तरगत मगोई, चिताई, रतनी, बाँदरमुढे, परुई, रीउ लगाएतका झन्डै १२ वटा खोलाहरुमा निर्माण हुन लागेका पुलहरु रोकिएका हुन । उसो त केहि समय कोरोनाका कारण बिकास निर्माणका काम अस्तब्यस्त हुनु र अहिले आएर एक्कासि पुल निर्माणको काम रोकिदा माडीबासीहरु चिन्तित भएका छन । उता यस बारेमा आँफुहरुलाई कुनै पनि जानकारी नआएको र निकुञ्ज प्रशासनले किन र के कारणले काम रोकेको हो । भन्ने बारेमा थाहा नभएको नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताए । उनले छिटै नै निकुञ्ज प्रशासन र निर्माण ब्यबसायीसंग यस बारेमा बुझेर अगाडि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया