चितवन । लायन्स क्लब अफ रत्ननगर समृद्धिले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको छ । सामाजिक संस्थाको रुपमा सक्रिय रहेको लायन्स क्लब अफ रत्ननगर समृद्धिले आज (शनिवार) रत्ननगरमा रहेको पञ्चदिप आधारभुत विद्यालयमा रहेका ७० जना विद्यार्थी तथा बालवालिकाहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको हो । सो संस्थाकी अध्यक्ष सम्झना घिमीरेले आफ्नो जन्मदिनको अवसरमा क्लबको सहकार्यमा विद्यार्थीहरुलाई स्टेशनरी तथा खेल सामाग्री वितरण गरेको जानकारी दिईन ।

सो कार्यक्रममा प्रमुख अतिथि रहेका रत्ननगर वडा नं. १० का वडा अध्यक्ष केशव आचार्यले लायन्स क्लब अफ रत्ननगर समृद्धिले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै सबै मिलेर यसरीनै सहयोग गर्न सके अभावमा रहेका बालबालिकाको पढ्ने चाहाना पुरा हुने कार्यमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा रत्ननगर वडा नं. १२ का वडा अध्यक्ष बिर बहादुर पाख्रिन, रत्ननगर नगरपालिकाका शिक्षा शाखाका राजेन्द्र बराल, नेपाली कांग्रेस रत्ननगरका सभापति रुपन राज घिमीरे, समाजसेवी उमेश राज घिमीरे, बैरिया मा.वीका प्रधानाध्यापक यवराज शर्मा पौडेल, पञ्चदिप आधारभुत विद्यालयकी प्रधानाध्यापक सर्मिला भट्ट, लायन्स क्लब ईन्टरनेशनल बि २ की जोन चियर पर्शन तथा क्लबकी संस्थापक अध्यक्ष गंगा सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया