चितवन । बिप्लब समर्थित विद्यार्थी नेता श्रेष्ठ चितवनमा पक्राउ परेका छन् । चितवन प्रहरीले दिएकाे जानकारी अनुसार पुस ९ गते राति ८:३० बजेको समयमा गल्छी गाउँपालिका वडा नं. ०१, धादिङ घर भइ हाल भरतपुर म.न.पा. वडा नं. ११, चितवन बस्ने आफुलाई अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक बताउने २४ वर्षिय ‘सम्राट’ भन्ने सुमन श्रेष्ठलाई पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार श्रेष्ठलाई नेपाल सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समर्थित) ले घोषणा गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अपवाह फैलाइ समाजमा भय एवं त्रास उत्पन्न गराउने अभिप्राय लिइ उश्रृङखल गतिविधि गर्ने योजना गरिरहेको अवस्थामा भरतपुर म.न.पा. वडा नं. १० सप्तगण्डकी चोकबाट नियन्त्रणमा लिएको हाे ।

श्रेष्ठलाई पुस ९ गतेबाटनै लागु हुने गरी मिति पुस ११ गते अदालतबाट ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया