चितवन । रत्ननगरकाे हरिहर मन्दिर अगाडि मिनिबस र बाईक ठाेक्किदा बाईकमा सवार २ जनाकाे मृत्यु भएकाे छ । पूर्व तिरबाट आइरहेकाे बा २ ख ५६७४ नं. काे मिनिबस र पश्चिमबाट पूर्वतिर आइरहेकाे बा ९२ प ५२०४ नं. बाईक एक आपसमा ठाेकिदा बाईकमा सवार नाम नखुलेका २ जनाकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालयका प्रमुख रबिन कार्कीले नेपालीको आवाज डटकमालाई जानकारी दिए । बिहान करिब ९ बजे तिर उक्त दुर्घटना भएकाे थियाे । दुर्घटना पश्चात् घाइते भएका २ जनाकाे पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको प्रहरीले जनाएकाे छ ।
यस समाचारमा प्रहरीले सबै विवरण दिएपछि तल विवरणलाई जस्ताको त्यस्तै राखेका छाै ।

-सवारी दुर्घट्ना ।
मिति २०७७।१०।१३ गते अं. ०९;२० बजेको समयमा जि. चितवन रत्ननगर न.पा. १० हरिहर मन्दिर अगाडी पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ गई दाँया मोडने क्रममा बा२ख ५६७४ नं. को सनराइज बोडिङ स्कुल भरतपुर को बसले पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको बा९२प ५२०४ नं. को मो.सा. लाई ठक्कर दिदा मो.सा. चालक जि. सोलुखुम्बु टापटिङ ५ बस्ने बर्ष २४ को अनिल मगर , पछाडि सवार जि. सुनसरी धरान ९ बस्ने बर्ष २० को गौरव राई सिरियस घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएको मा ऐ. ०९;३५ बजे दुबै को मृत्यु भएको बाटो अवरोध नभएको दुबै सवारी साधन र बस नियन्त्रणमा रहेको बस चालक फरार खो.त भईरहेको।

.

तपाईको प्रतिक्रिया