महेश पाण्डे
चितवन । खैरहनी उवासंघमा नेकपाबाट अध्यक्ष पदको उमेदवार बनेकी ओलीले सबै वडामा संघकाे पहिचान बनाउन आफ्नो उमेदवारी रहेकाे बताएकी छिन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिएकी शेष कुमारी सडाैला ओलीले बुधबार पत्रकार सम्मेलनमा बाेल्दै खैरहनी नगरपालिकाका १३ वटै वडामा संघकाे पहिचान बनाउन आफ्नो उमेदवारी रहेकाे बताएकी छिन् ।

ओलीले हाल संघकाे पहिचान बजार क्षेत्रमा मात्रै रहेकाले अबका दिनमा आफू अध्यक्ष बनेर सबै वडामा संघकाे पहिचान बनाउन लागि पर्ने बताइन् । आफू सदस्य, महासचिव र द्वितीय उपाध्यक्ष हुदै अध्यक्ष पदमा उमेदवारी दिएकाे बताउदै सडाैलाले खैरहनीमा महिला व्यवसायी अगाडि बढ्न नसकेकाले त्यसकाे लागि पनि आफुले पहल गर्ने बताइन् । उनले सबै व्यवसायीलाई विभेद रहित ढंगले समेट्ने बताउदै व्यवसायीलाई भैपरि आउने दुर्घटनामा सहयोग हाेस भनेर काेष बनाएर बढ्न आवश्यक रहेकाेले आफुले उमेदवारी दिएकाे बताइन् ।

त्यस्तै नेकपा प्यानलबाट वाणिज्य तर्फ सदस्य पदमा क्रमश: अर्जुन लम्साल, लक्ष्मण निराैला, तिलमणि पाठक, प्रेम वि.क., विनाेद नेपाल, अजय कुमार रावल, दुर्गा घिमिरे , प्रेम नारायण जाेशीकाे उमेदवारी रहेकाे छ ।

उद्याेग तर्फ नेकपा प्यानलमा सदस्यमा क्रमशः रामेश्वर पाेख्रेल, चिरञ्जीवी अर्याल, रामशरण कार्की, लालमणी कुंवर, नवीन कुमार श्रेष्ठ र अम्मर राज उप्रेतीकाे उमेदवारी रहेकाे छ ।

संघमा कुल १४३० मतदाता रहेका छन् भने अध्यक्ष र सदस्य पदमा निर्वाचन हुनेछ । सदस्यमा निर्वाचितलाई पछि अध्यक्षले पदाधिकारीमा नियुक्त गर्न पाउने संघमा बिधान रहेकाे छ । नेकपा प्यानलकाे उक्त पत्रकार सम्मेलनमा नेकपा प्यानल निर्वाचन परिचालन समिति संयाेजक कुल प्रसाद भुषाल, नेकपा जिल्ला सदस्य कमल राज पाठक तथा सबै नेकपा प्यानलका सदस्यकाे उपस्थिती रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया