चितवन । विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज (बिहिवार) चितवनका शैक्षिक संस्था बन्द आब्हान गरिएको छ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले गत पुस ९ गते प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै आज ( बिहीवार) शैक्षिक संस्था बन्दकाे आब्हान गरेका हुन् ।

उक्त संगठनले बुधबार एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको रिहाइको माग गर्दै शैक्षिक संस्था बन्दकाे आब्हान गरिएको जनाएको छ । श्रेष्ठलाई प्रहरीले भरतपुरको सप्तगण्डकी क्याम्पस चोकबाट पपक्राउ गरेको थियो । उनलाई प्रहरीले म्याद थप गरी कारवाहीकाे प्रकृया पनि अघि बढाएको छ ।

तपाईको प्रतिक्रिया