चितवन । पूर्वी चितवनकाे राप्तीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा माेटरसाइकल चालककाे मृत्यु भएकाे छ भने माेटरसाइकलमा पछाडि बस्ने एक घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (बिहिवार) दिउसो करिब ४:४५ बजेको समयमा जिल्ला चितवन राप्ती न.पा. १ पिप्ले स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आईरहेको प्रदेश न.२-०२-००१प ५१०४ न.को मोटरसाइकललाई सोही दिशाबाट आईरहेको ना ६ ख ६२८६ न.को ट्रकले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी मनरा सिसुवा न.पा. ९ बस्ने बर्ष ३२ का आनन्द झाकाे उपचारको क्रममा बेलुका ५:४५ मा भरतपुर अस्पतालमा मृत्यु भएको हाे । त्यस्तै माेटरसाइलमा सवार धनुषा जनकनन्दनी गा.पा. ४ बस्ने बर्ष २२ की स्वयता झाकाे दाहिने खुट्टामा चोटलागेकाे अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भईरहेको र उनकाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया