महेश पाण्डे
चितवन । खैरहनी उवासंघकाे निर्वाचनमा कांग्रेसबाट अध्यक्ष पदका उमेदवार बनेका दिपेन श्रेष्ठ (हिरा) ले आफ्ने कुनै प्रतिद्वन्द्वी नभएकाे बताएका छन् । यहि माघ १८ र १९ गते हुन गइरहेको खैरहनी उद्योग वाणिज्य संघकाे १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनमा कांग्रेस प्यानलबाट अध्यक्ष पदमा उमेदवारी दिएका श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरि साे कुरा बताएका हुन् ।

श्रेष्ठले आफ्नो प्रतिद्वन्दीकाे रुपमा अध्यक्ष पदकाे लागि उठेकाे ब्यक्ति उधोगी ब्यवसायी नै नभएको बताउदै उसंग आफ्नो कुनै प्रतिस्पर्धानै नरहेकाे बताए । उनले पत्रकारहरु संग बाेल्दै आफ्नो पुर्ण उम्मेदवार नै किटान नगरेको टिमले चुनाव जित्छु भन्नू हास्यास्पद भएकाे बताउदै आफ्नो पक्षका उम्मेदवारहरु भिन्न ब्यवसायिक क्षेत्रका प्रततिनिधी रहेकाले जित सुनिश्चित रहेकाे जिकिर गरे ।

उनले आफू १४ वर्ष देखि संघमा आबद्ध रहेकाे बताउदै ६४ सालमा द्वितीय उपाध्यक्ष हुँदै विभिन्न पदमा र जिम्मेवारीमा
रहदै आएकाेमा यसपटक अध्यक्ष पदमा उमेदवारी दिएकाे बताए । श्रेष्ठले याे व्यवसायीकाे संघ भएकाले व्यवसायीनै संघकाे नेतृत्वमा आउनु पर्ने धारणा राख्दै आफू ३२ वर्षदेखि खैरहनीमा व्यवसाय गरेर बसेकाे ब्यक्ति भएकाे जिकिर गरे । उनले आफू नेतृत्वमा आएर व्यवसायीक स्वतन्त्रताका लागि आवश्यक वातावरण बनाउने, दाेहाेराे करमा रहेका व्यवसायीकाे उत्थानका लागि पहल गर्ने, ग्राहकमैत्री बजार ब्यवस्थापन गर्ने, उद्योगी तथा व्यवसायीहरुकाे कल्याणकाे लागि रु १ कराेड सम्मकाे कल्याण काेष स्थापना गर्ने, महिला तथा नव व्यवसायीलाई तालिम लगाएतकाे ब्यवस्था गर्ने सहितकाे प्रतिवद्धता पनि जाहेर गरे ।
कांग्रेस प्यानलबाट वाणिज्य तर्फकाे सदस्य पदका उमेदवारहरुमा क्रमशः कुमार खनाल, विनाेद अर्याल, विक्रम खड्का, केदार नाथ बर्ताैला, अनिल श्रेष्ठ, प्रशान्त अधिकारी, रामेश्वर प्रसाद चाैधरी, रामचन्द्र विश्वकर्मा, क्षेत्र बहादुर रावल रहेका छन् ।

त्यस्तै उद्योग तर्फकाे उमेदवारहरुमा क्रमशः किरण वुर्लाकाेटी, अनुप अधिकारी, शंकर कंडेल, कृष्ण बहादुर श्रेष्ठ, जगत बहादुर पाण्डे र विक्रम चाैधरी रहेका छन् ।

लाेकतान्त्रिक प्यानलका प्रचार प्रसार संयाेजक रहेका शशी खनियालेले खैरहनीमा रहेका सबै व्यवसायीलाई मिलाएर लान सक्ने ब्यक्ति दिपेन श्रेष्ठ रहेकाे बताए । उनले पुर्ण उमेदवार छनाेट गर्न नसक्ने टिमले संस्था चलाउन नसक्ने बताउदै सबै क्षेत्रका ब्यवसायीक प्रतिनिधित्व हुने टिम लाेकतान्त्रिक टिम रहेकाले सबैलाई बिजयी गराउन आग्रह पनि गरे ।
संघमा कुल १४३० मतदाता रहेका छन् भने अध्यक्ष र सदस्य पदमा निर्वाचन हुनेछ । सदस्यमा निर्वाचितलाई पछि अध्यक्षले पदाधिकारीमा नियुक्त गर्न पाउने संघमा बिधान रहेकाे छ ।















