काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको छ । चीनले नेपाललाई अनुदानमा दिने सो खोप चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको खोप हो ।
काठमाडौंस्थित चिनियाँ दूताबासका अनुसार नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको हो । दुतावासले चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि चीन सरकारले भने नेपाललाई प्राथमिकतामा राखेको बताएको छ ।
सिनोफर्मले विकास गरेको सो खोपले चीनमा आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ तर नेपालमा भने अहिले सम्म दर्ता भएको छैन । दूताबासले सिनोफर्मको खोप नेपालमा दर्ता गर्न नेपाली अधिकारीहरुसँग कुराकानी भइरहेको समेत जनाएको छ ।
नेपालमा माघ १४ गतेबाट छिमेकी देश भारतले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप लगाउने अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया