महेश पाण्डे
चितवन । खैरहनी उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेस प्यानलका दिपेन श्रेष्ठ (हिरा) बिजयी भएका छन् । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य संघको १० ओेैं साधरणसभा तथा ५ ओैं अधिवेशनबाट कांग्रेस प्यानलबाट अध्यक्षको पदमा उमेदवारी दिएका श्रेष्ठले सानदार जित हासील गरेका हुन् । कुल १४३० मतदाता रहेको संघमा श्रेष्ठले ७९९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी शेष कुमारी सडौला ओलीले जम्मा ४७६ मत प्राप्त गरिन । श्रेष्ठले अध्यक्ष पदमा सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । यसबाट पनि उनि खैरहनीमा लोकप्रीय व्यवसायीको रुपमा रहेको देखिन्छ ।

श्रेष्ठले केहि दिन अघि पत्रकार सम्मेलन गरि आफ्नो प्रतिद्वन्दीको रुपमा अध्यक्ष पदको लागि उठेको ब्यक्ति उधोगी ब्यवसायी नै नभएको बताउदै उसंग आफ्नो कुनै प्रतिस्पर्धानै नरहेको बताएका थिए । उनले आफ्नो पुर्ण उम्मेदवार नै किटान नगरेको टिमले चुनाव जित्छु भन्नू हास्यास्पद भएको बताउदै आफ्नो पक्षका उम्मेदवारहरु भिन्न ब्यवसायिक क्षेत्रका प्रततिनिधी रहेकाले जित सुनिश्चित रहेको जिकिर गरेका थिए ।

उनले आफू १४ वर्ष देखि संघमा आबद्ध रहेको बताउदै ६४ सालमा द्वितीय उपाध्यक्ष हुँदै विभिन्न पदमा र जिम्मेवारीमारहदै आएकोमा यसपटक अध्यक्ष पदमा उमेदवारी दिएको बताएका थिए । श्रेष्ठले यो व्यवसायीको संघ भएकाले व्यवसायीनै संघको नेतृत्वमा आउनु पर्ने धारणा राख्दै आफू ३२ वर्षदेखि खैरहनीमा व्यवसाय गरेर बसेको ब्यक्ति भएको जिकिर गरेका थिए । उनले आफू नेतृत्वमा आएर व्यवसायीक स्वतन्त्रताका लागि आवश्यक वातावरण बनाउने, दोहोरो करमा रहेका व्यवसायीको उत्थानका लागि पहल गर्ने, ग्राहकमैत्री बजार ब्यवस्थापन गर्ने, उद्योगी तथा व्यवसायीहरुको कल्याणको लागि रु १ करोड सम्मको कल्याण कोष स्थापना गर्ने, महिला तथा नव व्यवसायीलाई तालिम लगाएतको ब्यवस्था गर्ने सहितको प्रतिवद्धता पनि जाहेर गरेका थिए ।

कांग्रेस प्यानलले वाण्ज्यि तर्फको २ सदस्य बाहेक सबैमा जित हासील गरेको छ । वाण्ज्यि तर्फका २ सदस्यमा भने नेकपाले जित हासील गरेको छ ।
कांग्रेस प्यानलबाट वाणिज्य तर्फको सदस्य पदका बिजयी उमेदवारहरुमा क्रमशः कुमार खनाल (७२७ मत), विनोद अर्याल (७१४ मत), विक्रम खड्का (९१९ मत), केदार नाथ बर्ताैला (६८४ मत), अनिल श्रेष्ठ (६५२ मत), क्षेत्र बहादुर रावल (६७७ मत) रहेका छन् । अन्य २ सदस्यमा भने नेकपाका अर्जुन लम्साल (६१९ मत) र लक्ष्मण निरौला (६०५) मतले बिजयी भएका छन् ।
त्यस्तै कांग्रेस प्यानलबाट उद्योग तर्फको बिजयी उमेदवारहरुमा क्रमशः किरण वुर्लाकोटी (६८४ मत), अनुप अधिकारी (६४७ मत), शंकर कंडेल (७१२ मत), कृष्ण बहादुर श्रेष्ठ (६९८ मत), जगत बहादुर पाण्डे (७७० मत) र विक्रम चौधरी (५८४ मत) रहेका छन् ।
सदस्यमा निर्वाचितलाई पछि अध्यक्षले पदाधिकारीमा नियुक्त गर्न पाउने संघमा बिधान रहेको छ ।












