काठमाडौं । अब अउने बिहीबारदेखि शनिबारसम्म हिमपात र वर्षा हुने त्यसपछि तराईको हुस्सु हट्ने र गर्मी बढ्ने माैसमविदले अनुमान गरेका छन् । मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने र साे मौसमी प्रणाली बाहिरिएपछि तराईमा हुस्सु हट्ने र बिस्तारै गर्मी सुरु हुने छ ।
मौसमविद शान्ति कँडेलका अनुसार अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली भई वर्षा र हिमपात हुनेजस्तो देखिएकाे र साे क्रम सकिएपछि तापक्रम बिस्तारै वृद्धि हुँदै जानेछ ।
कँडेलले मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने र साे मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्नेछ भने तराईको हुस्सु कुहिरो पनि हट्नेछ । जसका कारण तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस पनि मिल्नेछ । तर यहि प्रक्रियाले तराईमा राहत भएपनि पहाडी क्षेत्रहरुमा भने बदली भएर घाम नलाग्दा चिसो बढेको महसुस हुनेछ । माैसमविदका अनुसार अब घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो भने हुने छैन।












