काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह) काे नेपाल बन्दमा राजधानीको नयाँ बसपार्कमा ट्याक्सीमा आगजनी गरिएको छ । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार परिचय नखुलेका दुई युवाले ट्याक्सी जलाएका थिए ।
उक्त ट्याक्सीमा आज बन्द आह्वान गरेको नेकपा (प्रचण्ड–नेपाल) समूहले जलायो कि अन्य कसैले भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले भनाइ रहेकाे छ । प्रदेश नम्बर ३–०१–००२ ज ५८८१ नम्बरको उक्त ट्याक्सी आगजनीबाट पूर्णरुपमा ध्वस्त बनेको छ ।











