जनकपुर । नेकपा (प्रचण्ड–माधव) समुहले गरेको एक दिने बन्दको क्रममा जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेकपा (प्रचण्ड–माधव) समुहका कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोहि क्रममा प्रहरी र बन्दकर्ता बिच झडपको स्थिती पैदा भएपछि प्रहरीले लाठी प्रहारका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरेको हो । सो झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्व सांसद रामचन्द्र झासहितका केही नेतारकार्यकर्ता घाइते भएका र उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको बताइएको छ ।