
विराटनगर । बिराटनगरमा नेकपाको (प्रचण्ड–नेपाल) पक्षले गरेको नेपाल बन्दको क्रममा पसल खोलेको भन्दै उम्लिरहेको तातो तेल खनाएका छन् । जसमा तातो तेलको छिटा परि आमाछोरी घाइते भएका छन् ।
आज (बिहिवार) पूर्व मन्त्री तथा नेकपा (दाहाल–नेपाल) पक्षका नेता शिवकुमार मण्डलको नेतृत्वमा रहेको लाट्ठीसहितको आन्दोलनकारीको समूह पसलमा पसेर घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । विराटनगर महानगरपालिका–२ मा रहेको सो चियानास्ता पसलमा काम गरिरहेको अवस्थामा आएका बन्दकर्ताले समोसा बनाउन राखेको तातो तेल खन्याएका थिए । जसका कारण उक्त तातो तेल पसलमा रहेकी आमा ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनीमाथि पनि परेको थियो । उम्लिइरहेको तेलको छिटा परेपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ । बन्दकर्ताले तेल खन्यार्एपछि सो पसलमासमेत तोडफोड गरेका छन् ।