अजित अधिकारी
कास्की । रुपा गाउँपालिका वडा नं. ७ स्थित डाङ्गसी मराङ्गमा रहेको देउराली देबीको थान ऐतिहासिक धार्मिक महत्वका रूपमा समेत परिचित छ । धार्मिक तथा पर्यटकिय महत्त्वका रूपमा समेत यस मन्दिरको पछिल्लो समय महत्त्व र आबश्यकता बढ्दै गइरहेको छ । सोही ठाउँ निवासी समाजसेबी जीबनाथ भट्टराईका अनुसार, देउराली देबीको यस मन्दिर परापुर्बकालदेखि नै निर्माण भएको मानिन्छ । यस मन्दिरको सुरुवाका दिनहरुमा स्थापना भट्टराईहरुले गरेका थिए ।

यहाँ ढुङ्गाको देउराली माताको मूर्ति रहेको छ । खासगरी बर्षको २ पटक पन्चे बाजा सहित बोका, हाँस, परेवा, कुखुराको भाले, र पाडा सहितको पन्चबली दिने चलन रहेको छ । विशेषत: यहाँ रहेका करिब ३०० घरधुरीले सामुहिक पुजा आजा एबम पन्च बली दिने चलन रहेको समाजसेवी भट्टराईले बताए । उनी भन्छन, यहाँ आएर यस मन्दिरको दर्शन गर्नाले आफ्ना मनले चिताएका सबै मनोकामनाहरु पुरा हुने धार्मिक जनबिश्वास छ । यसै मन्दिरको पुजा आजा गर्नको लागि नेपालका विभिन्न क्षेत्रहरुबाट मानिसहरु आउने गरेका छन ।

तपाईको प्रतिक्रिया