काठमाडौं । नारायणहिटी अगाडी नेकपा (ओली समूह) ले आज शक्ति प्रदर्शन गर्दैछ जसलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । यसअघि नेकपा (प्रचण्ड–माधव) समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आज (शुक्रवार) प्रदर्शनसहित काठमाडौंको नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो ।
हालका दिनमा नेकपाका दुवै पक्षका बिचमा आमसभा गर्ने र कसले कती मानीस जम्मा गर्ने भनेर होडबाजीनै रहेको देखिएको छ । आजको आमसभालाई प्रभाव पार्ने गरि बिहिवार (प्रचण्ड–माधव) समूहले नेपाल बन्द गरेको ओली समुहको आरोप छ । तर नेपाल बन्दले आफुहरुलाई कुनै असर नपर्ने र सो शक्ति प्रदर्शनका लागि विभिन्न जिल्लाबाट ३ लाख कार्यकर्ता उतार्ने दाबी ओली समूहका नेताले गरेका छन् ।
सो आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका मन्त्री तथा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरेको ओली समुहले जनाएको छ । सो आमसभालाई सफल बनाउन कार्यक्रमको प्रचारका लागि भनि युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा संसद विघटन गरेपछि नेकपा २ टुक्रा मा बिभाजित रहेको छ । त्यसयता दुवै समूहले सडक प्रदर्शन र भेलालाई तीव्र बनाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया