महेश पाण्डे
चितवन । हनी बनी रेष्टुरेन्ट एण्ड क्याफेको सेवा फरक ब्यवस्थापनका साथ सौरहाचोकमा सुरु भएको छ । रत्ननगर–१, सौराहाचोकको कृषी बिकास बैंकको भवन रहेको भुईतलामा करिब डेढ वर्ष देखि सञ्चालनमा रहेको हनी बनी रेष्टुरेन्ट एण्ड क्याफेले फरक ब्यवस्थापनका साथ बिस्तारित रुपमा सेवा सुरु गरेको हो । हाल सेवा सुरु गरिएको ठाँउभन्दा २०० मिटर दक्षिण तर्फ रहेको सो रेष्टुरेन्टलाई फरक सोच र बृहत रुपमा सेवा दिने उद्देश्य लिई नया ठाँउमा सारिएको सञ्चालक माधव पौडेलले जानकारी दिए । उनले ग्राहकले रेष्टुरेन्टमा आउदा स्वाद र ठाँउ दुबै हेर्ने भएकाले नया ब्यवस्थापन र फराकीलो ठाउँमा सेवा सुभारम्भ गरिएको जानकारी दिए । पौडेलले अहिले रेष्टुरेन्टमा स्टेजको पनि ब्यवस्थापन गरिएको र बिभिन्न समयमा बिभिन्न कार्यक्रमको पनि आयोजना गरिने जानकारी दिदै अझ गजल बिशेष गित संगितमय कार्यक्रमको आयोजना गर्ने सोच पनि रहेको बताए ।

रेष्टुरेन्टका अर्का सञ्चालक अमित भुषालले फरक ब्यवस्थापनमा सेवा सुभारम्भ गरेसंगै पूर्वी चितवनमा ब्यवस्थित ढंगबाट तास खुवाउने ठाउँ नभएकाले तास, बेम्बो ब्रियानी, पिज्जा, तन्दुरी, चिकेन, रोटी लगाएतका खाना खाजाका परिकारहरुको व्यवस्था गरिएको जानकारी दिए । भुषालले आफुहरुसंग बिदेशमा रहदा पिज्जा कम्पनिमा काम गरेको अनुभव भएकाले पूर्वी चितवनमानै पिज्जाको स्वाद फरक र उत्कृष्ट रहेको दावी पनि गरे ।
करिब ५० लाख लगानि भैसकेको उक्त रेष्टुरेन्टको आधिकारीक रुपमा माघ २७ गते देखी ३० गते सम्म शुभारम्भको दिन भनेर राखिएको र अन्तिम दिन माघ ३० गते नेटिप्स ब्याण्डको प्रस्तुती रहने सञ्चालक भुषालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया