चितवन । बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग तथा अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्वारा सञ्चालित बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमद्वारा विद्यालय अनियमित तथा अप्ठयारोमा परेका ५ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण तथा विद्यालय स्तरिय अन्र्तक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको हो ।
रत्ननगर नगरपालिका वडा नं ४ स्थित देबौली आ.वि. का बालबालिकासँग बाल श्रम, बाल विवाह र जन्मदर्ता सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिएको हो । विद्यालय स्तरिय अन्र्तक्रिया कार्यक्रमको सहजिकरण बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका लक्ष्मी पौडेलले गरेका थिए । रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा वडा सदस्य प्रेम प्रसाद रेग्मी, संघका वस्तुगत उपाध्यक्ष रघुनाथ भट्ट, विद्यालयका प्र.अ. रमेश आचाय, बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक ज्ञान बहादुर बिसुरार्ल लगायतले मन्तब्य राखेका थिए ।
सो कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठको अध्यक्षता तथा रत्ननगर नगरपालिका वडा नं ४ का सदस्य प्रेम प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।











