रत्ननगर । रत्ननगर नगरपालिका १३ अमिलियामा रहेको विशालनगर तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रवारवाट सुरु भएको छ । सो प्रतियोगिता १६३ जना खेलाडीहरुको सहभागिता रहेको आयोजक विशालनगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष कृष्ण वहादुर सिकडनले जानकारी दिए । अमिलिया निमाविको प्राङ्गणमा सुरु भएको सो प्रतियोगिताको शुक्रवार रत्ननगर नगरपालिकाकी उप प्रमुख विमला देवी दुवाडीले उद्धघाटन गरिन ।

उद्धघाटन समारोहमा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख रविन कार्की, रत्नननगर उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरि ,चितवन जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष एवं अन्तरतष्ट्रिय निर्णायक पुष्पराज जोशी, रत्ननगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष सिलन बराल लगायतले मन्तव्य राखेका थिए ।

उक्त प्रतियोगिताको मुख्य जुरीमा राष्ट्रिय निर्णायक सिलन बराल र लक्ष्मण परियार रहका छन् ।

तपाईको प्रतिक्रिया