महेश पाण्डे
म्याग्दि । लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीमा रहेको सरस्वती माविमा ५ लाख बराबरको सहयोग गरिएको छ । बेनी नगरपालिका–४, तातोपानीमा रहेको सरस्वती माध्यामिक बिद्यालयलाई चितवनमा बिगत लामो समय देखि सामाजिक संस्थाको रुपमा कार्यरत लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको न्यानो कपडा साथै शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो ।

क्लबका अध्यक्ष भुपेन्द्र धितालका अनुसार हरेक वर्ष क्लबले यसरीनै सहयोग गर्ने गरेको बताए । उनले यो सबै क्लबका साथीहरुको सहयोग र चाहानाले मात्र सम्भव भएको बताउदै आउदा दिनमा पनि यसरीनै सहयोग गरिरहने प्रतिबद्धता पनि ब्यक्त गरे ।

कार्यक्रमका संयोजक तथा क्लबका तृतिय उपाध्यक्ष हरि अधिकारीले आफु भन्दा कम भाग्यमानिको सहयोग गर्नुनै लायन्स क्लबको सिद्धान्त भएकाले र केहि भएपनि बिद्यार्थीलाई सहयोग होस भन्ने ठानेर म्याग्दीमा आएर क्लबले सहयोग गरेको बताए । उनले क्लबले पहिला पहिला पनि सहयोग गर्ने गरेको भएपनि यसपाली केहि टाँढा आफ्नो पुख्र्यौली ठाउँमा आएर सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

क्बलका सचिव अरुन कुमार शिवाकोटीले सहयोग गर्न चाहेमा डाडाँकाडाँले नछेक्न भन्दै आगामी दिनमा पनि क्लबले अझ धेरै सहयोगका कार्यक्रमहरु गरिरहने प्रतिबद्धता जाहेर गरे ।

सो बिद्यालयमा रहेका २६८ जना बिद्यार्थी सबैलाई न्यानो कपडा र शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरिएको शिवाकोटीको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि पिडिजी राजकुमार श्रेष्ठले लायन्स क्लब ईन्टरनेशनलले शिक्षा, स्वास्थ्य तथा मानविय सेवामा लागि कार्य गर्दै आएको जिकिर गरे । लायन्स क्लबद्धारा म्याग्दीमा पनि धेरै सहयोग भएको र त्यसलाई निरन्तरता दिइने श्रेष्ठको भनाई थियो । उनले लायन्स क्लब अफ चितवन राइनो सिटीले हरेक वर्ष यसरीनै बिपन्न र सहयोगको अपेक्षा गरेका शैक्षिक संस्था खोजि सहयोग गर्ने गरेकोमा धन्यवाद पनि ब्यक्त गरे ।

सो कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल बि वानका को चिफ एडभाइजर चन्द्र कुमार केसी, स्पेशल सेक्रेटरिएट एड्भाइजर सन्तोष रावल, नेपाल जेसिजका पूर्व अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्य लगाएतले मन्तब्य राखेका थिए । कार्यक्रमका क्लका पदाधिकारी तथा सदस्यहरु, बिद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थी लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया