अजित अधिकारी
चितवन । जनजीवन माबिको ५४ औं बाषिकोत्सब तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।

माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालको आतिथ्यतामा भएको कार्यक्रममा नगर उप प्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल बिशिष्ट अतिथिको रुपमा रहेका थिए ।

विद्यालय परिवार लगाएतको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न पेशामा आवद्ध सामाजिक ब्यक्तित्व एबम माडीका विभिन्न वडाका वडा प्रतिनिधि लगाएतको कार्यक्रममा अतिथिको रूपमा सहभागीता रहेको थियो । विद्यालयको प्रगति प्रतिबेदनका बारेमा विद्यालयका प्रधानाध्यापक शोभाखर गौतमले पढेर सुनाएका थिए ।
विद्यालयका शिक्षक राम प्रसाद भण्डारीले सहजीकरण गरेको कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महादेब आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।











