भारतको उत्तराखण्ड हिमपहिरोमा परेका ५० जनाको शव भेटिएको त्यहाका मिडियाले जनाएका छन् । सो हिमपहिरोमा परेका भनिएका ११ जना नेपालीको अवस्था भने अझै अज्ञात रहेको छ । गत आइतबार गएको हिमपहिरोमा परेर भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान खुलेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यहाको स्थानिय प्रहरी कार्यलयद्धारा जारी बिज्ञप्तिमा कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको र तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको उल्लेख गरिएको छ । प्रहरीका अनुसार ती सबै शवको पहिचान भइसकेको छ । तर यसमा हराएका भनिएका नेपालीहरु छैनन् । मृतक तथा बेपत्ता भएका भनिएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, विहार, झारखण्डका रहेको प्रहरीले जनाएको छ । चमोली प्रहरीले बेपत्ता हुनेहरुको सुची नाम गत सोमबार सार्वजनिक गरेको थियो । जसमा ११ जना नेपालीहरुको नाम उल्लेख रहेको छ । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।

प्रहरीका अनुसार शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अंग पनि भेटिएको छ । भारतको चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अंगहरू भेटिएका प्रहरीले जनाएको छ । घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि पनि प्रहरीको भनाई छ । सो हिमपहिरोका कारण झण्डै १५० जना भन्दा बढि अझै हराइरहेको बताइएको छ । पहिरोमा परि बेपत्ता भएका अधिकांश व्यक्तिहरु सोहि क्षेत्रमा निर्माणाधिन विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । उत्तराखण्डमा रहेको सो विद्युतगृह भएको ठाउँमा हिमपहिरो जादा धनमालको क्षति भएको हो ।

उक्त हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण सुरुङभित्रै थुनिएका व्यक्तिहरूको खोजी तथा उद्धार प्रयास भने अझै पनि जारी रहेको छ । भारतका राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा उद्धार तथा खोजिका लागि खटिएका छन् । भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको र त्यसले ठोलो क्षति भएको बताएका छन् । तर सो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको पाइएको अधिकारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया