महेश पाण्डे
चितवन । पूर्वी चितवनको बकुलहरमा बुधवारबाट सञ्चालनमा आएको गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको शुभारम्भ गरिएको छ । रत्ननगर–१, बकुलहर (रत्ननगर नगरपालिकाको गेटको आडैमा) रहेको गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले बुधवार उद्धघाटन गरे ।

उनले वसन्तपञ्चमीको अवसर पारेर शुभारम्भ गरिएको व्यवसायको सफलताको शुभकामना ब्यक्त गर्दै रत्ननगरमा सञ्चालनमा रहेका व्यवसायका माझमा एउटा इट्टा थपिएको बताए । श्रेष्ठले रत्ननगर उवासंघ व्यवसायीको हक र हितकालागि लड्ने संस्था भएकाले केहि समस्या परे र अप्ठ्याराहरु आएमा संघमा आएर कुरा राख्न आग्रह पनि गरे । समस्या समाधान तथा ब्यवसायीको हितकालागि संघ सधै तयार रहेको श्रेष्ठले बताए ।

सो ईलेक्ट्रोनिक्सका सञ्चालक कृष्ण सापकोटाले आफु बिगत १२ वर्ष बाहिर बसेर आएको र अहिले भने रत्ननगरमानै ब्यवसाय गर्ने सोच अनुसार अगाडि बढेको बताए । उनले सो ब्यवसाय आफ्नै घरमानै सञ्चालन गरेको जानकारी गराउदै अन्त भन्दा केहि भएपनि सस्तो र सर्वसुलभ रुपमा सामानहरु ग्राहकको हातमा दिने वाचा पनि गरे ।

सापकोटाले आफुकहा एलजी, सिजी, सामसुङ, वोर्लपुल लगाएतका कम्पनिका टिभी, फ्रिज, एसी, वासिङ मेशिन, हिटर, कुलर, किचन लगाएतका सामानहरु उपलब्ध रहेको नेपालीको आवाज डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया