काठमाडौं । नेपालमा पेट्रोल र डिजलको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको जनाएको छ ।

निगमले भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको जनाएको छ । यो संगै नेपालमा अब पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको छ । एलपी ग्याँसको मूल्य भने यतावत रहेको छ । निगमले यस अघि ग्यासको मूल्य अघिल्लो साता मात्र प्रतिसिलिण्डर १३७५ बाट २५ रुपैयाँ बढाएर १४०० रुपैयाँ पर्याएको थियो ।

तपाईको प्रतिक्रिया