अजित अधिकारी
चितवन । माडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमा नै ज्यान गएको छ । माडी नगरपालिका वडा नं. ८ स्थित इन्द्रबस्ती टुनामुना खोलाको सिरानमा ढुङ्गा उठाउन जानेक्रममा ना. ५ त. ३०४५ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टदा माडी ८ इन्द्रबस्ती निवासी बर्ष २२ का ट्याक्टर चालक मनोज सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान ९:३० बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा चालक सुनारको ट्याक्टरले च्यापिएर घट्ना स्थलमा नै ज्यान गएको प्रहरीको भनाइ छ । मृतक सुनारको शब पोष्टमाटमको लागि जिल्ला अस्पताल भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया