महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगर १३ जयमंगलामा निर्माण सम्पन्न भएको प्रहरी चौकी पञ्चकन्याको नव निर्मीत भवनको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्तकुमार लामाले उद्घघाटन गरेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय चितवनले नव निर्मित भवनको प्राङ्गणमा गरेको बिशेष कार्यक्रमका बिच डिआईजी लामाले सो भवनको उद्धघाटन गरेका हुन् ।

उद्धघाटन पछि बोल्दै डिआईजी लामाले २ वर्ष अगाडीदेखि सुरु भएको भवनको उद्धघाटन गर्न पाउदा आफुलाई खुसी लागेको बताए । उनले बागमती प्रदेश प्रहरी प्रदेशलाई सुरक्षीत बनाउन दिनरात लागि रहेको बताउदै बागमती प्रदेश सरकारले २१ वटा प्रहरी भवन बनाउन बजेट छट्याएको जानकारी दिए । उनले सो भवनको लागि पनि चाँडैनै टेण्डर आह्वान हुने बताए ।

लामाले प्रहरीलाई प्रविधी युक्त बनाउन प्रदेश सरकारबाट ४० लाखको सिसी क्यामेराको लागि पनि बजेट बिनियोजन भएको बताउदै सो बजेट बागमती प्रदेशको राष्ट्रिय तथा अन्तराष्ट्रिय सिमामा सिसी क्यामेरा जडानमा खर्च हुने र सो को मोनिटरिङ हेटौडा प्रहरी कार्यालयमा हुने जानकारी दिए । उनले प्रहरीको लागि आवश्यक रहेको सवारी सधानको लागि पनि बजेट बिनियोजन भएको बताउदै त्यसको लागि पनि प्रक्रिया अगाडी बढ्ने जानकारी दिए । लामाले सो भवनबाट प्रहरीले अब सेवा सञ्चालन गर्न सहज र सरल हुने वताए ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालयकी प्रहरी निरीक्षक विमला श्रेष्ठले सो भवन निर्माणको लागि बागमती प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित बजेटबाट २ कठ्ठा १० धुरमा १ करोड ६२ लाख ५० हजारको लागतमा शिवालय विल्डर्स प्रा.लीलेसो भवन निर्माण सम्पन्न गरेको जानकारी दिइन ।

साढे दुई तलाको आरसिसी उक्त भवनमा कार्यालय, ब्यारेक, भान्छाघर तथा महिला र पुरुषको छुट्टाछुट्टै शौचालयसहित हिरासत कक्ष समेत रहेको श्रेष्ठले बताइन । उनले बागमती प्रदेश सरकारबाट ४६ वटा ईकाइ निर्माणमा रकम बिनियोजन भएको बताउदै ५ वटा भने चितवनमा बन्दै गरेको जानकारी दिइन । जसमा प्रहरी चौकी पञ्चकन्याको भवन निर्माण सम्पन्न पहिलो भएको बताइन ।

सो कार्यक्रममा बोल्दै रत्ननगर १३ का वडाध्यक्ष चित्रवहादुर भण्डारीले २०७४ सालमा स्थानीय तह र समुदायसंग सहयोग मागेर १८ वटा पिल्लर हाली प्रहरी भवन बनाउन सुरु गरेको भएपनि रकम अभावका कारण बन्न नसकेकोमा प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

उनले आफुहरुले बनाएको भवन हाल भान्छाको लागि र नया भवन छुट्टै बनेकोमा खुसी ब्यक्त गरे । भण्डारीले वडालाई सुरक्षीत बनाउने काममा प्रहरी सदैव लाग्नेछ भन्ने आफुले बिश्वास लिएको बताए ।

इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीले सो चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा १३ जना प्रहरीको दरवन्दी रहेको मा हाल ५ जना कार्यरत रहेका नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनका अनुसार सो चौकीले रत्ननगरको वडा नम्वर १२, १३ र १५ मा सेवा प्रवाह गर्ने छ । आफ्नै भवन नहुँदा चौकी भाडामा वस्दै आएकोमा अब भने आफ्नै भवनबाट सेवा दिन अझ सजिलो हुने कार्कीको भनाई छ ।

उनले इलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा प्रहरी चौकी, ईकाइ र प्रहरी बिट गरि कुल १० वटा रहेको बताए । उद्घघाटन कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मा, विभिन्न सुरक्षा निकायमा प्रमुखहरु, वडाअध्यक्षहरु, पत्रकार तथा स्थानियवासी लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओम प्रसाद अधिकारीले धन्यवाद सहित समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया