– कविकिरण न्यौपाने /जापान

केही महिना अगाडी जापानको नागोया शहरमा एक नेपाली किशोरले आत्माहत्या गरे। उनि अध्ययनको लागी विधार्थी भिषामा जापान आएका थिए। विद्यार्थी भिषामा नै आएकी एक युवती संगै बस्ने गर्थे उनि। झुण्डीरहेको अवस्थामा उनलाई अस्पताल पुराइएको थियो। अस्पतालले केही दिनपछि उनलाई मृत घोषणा गरेको थियो। उनि संगै एकै कोठामा बसेकी युवतीले युवकको आत्माहत्यामा आफ्नो कुनै हात नरहेको बताउँदै आएकीछिन। यसरी लिभ टुगेदर बसेर यस्ता घटना घट्दा दुःख गरेर ठूलो धनराशी लगानी गरि जापान पठाएका ति आफन्तहरुको पिडा कस्तो होला ? ऋण तिर्न बाँकी रहेको अनि आफ्नो आफन्त कहिलैं फर्केर नआउने पिडा ति पिडितहरुले मात्र महशुस गर्न सक्छन ।

लेखक: कबिकिरण न्याैपाने

उक्त घटनामा मृतकलाई अस्पतालमा रेखदेख अनि अन्तेष्टि कार्यका सम्म निरंतर लागिपरेका एनआरएनए जापानका उपाध्यक्ष तथा व्यवसायी दिपक कार्कीका अनुसार
जापानका लिभ टुगेदर वस्नेको संख्या अत्याधिक रहेको बताउछन् । जस्का कारण आफुले नेपाली युवतीहरु गर्भवती भई गर्भपतन गराउन अस्पताल गएका घटनाहरु धेरै देखेको उनको भनाई छ। जस्मा नेपालमा विवाह गरेर आएका युवा युवतीहरु पनि अत्याधिक रहेको पाईन्छ। पछिल्लो समयमा नेपालमा विवाह गरि छोरो समेत भएकी एक युवती जापानमा अर्को युवक संग लिभ टुगेदर रहदैं आएको र नेपालको श्रीमान् संग सम्बन्ध विच्छेधका लागी युवतीले आफ्नै रोवहरमा १७ लाख येन नेपाल पठाएको कार्की बताउछन् ।

जापानमा धेरै जोडी लिभ टुगेदर वसेका देख्न र सुन्न सकिन्छ । संगै बस्नेहरुमा धेरै विधार्थीहरु रहेको जानकारहरु बताउछन् । जापानकै ओसाकामा पछि विवाह गर्ने गरि लिभ टुगेदरमा वस्दैं आएकी सुनिता शर्मा (नाम परिर्वतन) यतिवेला आफ्नो वाईफेन्ड सम्पर्क विहिन भएको बताउछिन । जापान आएरै चिनजान भएको र संगै हामीले व्यवशाय गरिरहेका थियौं। अहिले व्यवशाय त्यति चलेको छैन । बैकबाट खातामा रहेको सबै रकम लिएर बाईफेन्ड अहिले सम्पर्कविहिन भएको उनको भनाई छ।

यि र यस्ता विषयमा प्रतिक्रिया लिन खोज्दा यस्ता घटनाहरुको अहिले सम्म आफुलाई रिपोर्ट नआएको जापानको लागि नेपाली राजदुत प्रतिभा राणाले बताईन । एक लाखको हाराहारीमा नेपालीहरू रहेका जापानमा उक्त घटनाहरु प्रतिनिधी घटना मात्रै हुन्। लिभ टुगेदर रहदाँ आउन सक्ने समस्या अनि घटनाका वारेमा पहिला नै सचेत भई अघि बढे मात्र यस्ता घटनामा कमि आउन सक्छ।

तपाईको प्रतिक्रिया