
महेश पाण्डे
चितवन । साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न सम्पन्न भएको । । साताको साहित्य नामक अनलाईन पोट्रलद्धारा शुक्रवार सौराहामा आयोजित एक कार्यक्रममा पुरस्कार एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
साताको साहित्य नामक अनलाईन पोट्रलका सञ्चालक सुमन घिमिरेले साताको साहित्य सुरुको दिनमा एउटा ब्लगको रुपमा अष्ट्रेलियाबाट सञ्चालन भएको जानकारी दिए । उनले २०११ मा ब्लगलाई ब्यवस्थित गर्न अनलाइनको रुपमा सुरु गर्दै २०१२ मा साताको साहित्यमा पुरस्कारको पनि ब्यवस्था गरिएको बताए ।
घिमीरेले साताको साहित्य अनलाईनमा साताको एक वटा गित, गजल, कविता, मुक्तक, लघुकथा प्रकाशन हुने गरेको बताउदै हरेक वर्ष ति उत्कृष्ट मध्यबाट एक वटालाई सुरुको दिनमा १० हजार पुरस्कार दिने गरिएकोमा हाल पुरस्कारको राशी २० हजार बनाइएको जानकारी दिए । उनले हरेक हप्ता प्रकाशन हुने साहित्यलाई पनि पारिश्रमिकको रुपमा रु ५०० उपलब्ध गराउने गरेको जानकारी दिए
।
घिमीरेले पुरस्कार घोषणा पछि सबैभन्दा पहिले लखुकथाले पुरस्कार जितेकोमा त्यसपछि भने हालसम्म प्रकासित कविताले पुरस्कार जितेको बताए । सो पुरस्कारलाई भने इन्नोभेट एसोसियटले स्पोन्र्सर गरेको घिमीरेले जानकारी दिए ।
सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रेशम बिरहीले कवि मनोजको कविताको मुक्त कण्ठले प्रशंसा गरे । उनले आफु केहि समय अस्वस्थ रहेकाले साहित्य क्षेत्रबाट टाढा रहनुपर्ने अवस्था आएकोमा हालभने पुर्ण रुपमा स्वस्थ भएकाले अवका दिन साहित्य क्षेत्रमा समर्पित हुने बताए ।
कार्यक्रममा सम्मानित भएका तथा कार्यक्रमका मुख्य आकर्षण रहेका कवि मनोज विश्वकर्माले बिभिन्न शिर्षकका ६ वटा कविता वाचन गरेका थिए । उनले कार्यक्रमका आफु सम्मानित हुन पाउदा र आफ्ना कविताहरु वाचन गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा अझ साहित्यका क्षेत्रमा कलम चलाउन प्रेरणा मिलेको बताए ।
साहित्यकार गणेश श्रमणले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य साहित्यकार शुरेन्द्र अस्तफलले राखेका थिए भने साहित्यकार महेश पौडेलले कवि विश्वकर्माको ब्यक्तित्व मार्थी चर्चा गरेका थिए । कार्यक्रममा कवि विश्वकर्मालाई ताम्रपत्र, दोसल्ला र नगद सहित सम्मान गरिएको थियो ।