काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनको लागि चाहिने आन्तरिक तयारी पुरा भएको बताएका छन् । थपलियाले शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् । उनले आगामी निर्वाचनको लागि आयोगले यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने तथा देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गर्ने बताए । थपलियाका अनुसार निर्वाचनलाई चाहीले सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको र बाह्य रुपमा चाहिने सामाग्रीहरुको खरिद योजना पनि तयार पारिएको बताए ।
थपलियाले आगामी निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रिया अगाडि बढाएको बताए । उनले आउँदो निर्वाचनको चाहीने आन्तरिक तयारी लगभग पुरा गरेको बताउदै अबको फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिसक्ने जानकारी दिए । उनले सबैभन्दा पहिले देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिने र त्यसलगत्तै निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्ने बताए ।
थपलियाले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र त्यसमापनि अझ सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने लागेर सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै बनाउन लागेको बताए । उनले हाल यो निति बनाउने प्रक्रियामा रहेको जानकारी दिदै निर्वाचनका लागि चाहिने आवश्यक सामाग्रीको आन्तरिक बन्दोबस्त भने भइसकेको बताए । थपलीयाले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको जानकारी दिदै त्यसका लागि चाहिने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी आफुहरु अगाडि बढिराखेको बताए ।
आगामि निर्वाचन कुनै किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनुहुँदैन भन्दै निवार्चन आयुक्त थपलियाले निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट मात्र निर्देशित हुनुपर्छ भन्ने कुरामा आयोग सधै अडिग रहेको बताए । उनले गएका निर्वाचनहरु खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको बताउदै आगामी निर्वाचनलाई मितव्ययी बनाउनका निम्ति आयोग सधै सचेत रहने बताए ।
निर्वाचनमा आयोगको मुल ध्येय भनेको स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्पन्न गर्न निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहने बताए । उनले आगामी हुने निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भई आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा आफु विश्वस्त रहेको समेत बताए ।
निर्वाचन आयोगले हरेक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरुले आम निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका थिए । त्यसैले सोहि दिनलाई स्मरण गर्दै निर्वाचन आयोगले वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवसको रुपमा मनाउन सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया